एन्टिजेन परीक्षणमा संक्रमित ८ प्रतिशत भेटिए

समुदायस्तरमा एन्टिजेन विधिबाट स्वाब परीक्षण गरिएकामध्ये ८ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । सरकारले काठमाडौं उपत्यकामा कोरोना हटस्पट मानिएका क्षेत्रका समुदायमा कोराना संक्रमणको अवस्था पत्ता लगाउन एन्टिजेन विधिबाट परीक्षण गरेको हो ।

दुई दिनमा १ हजार ५ सय ५ जनाको स्वाब सकलन गरी एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय १५ जनामा मात्रै संक्रमण पुष्टि भएको छ । सोमबार ७ सय २० जनाको परीक्षण गरिएकामा ४३ जना र बुधबार ७ सय ८५ जनाको परीक्षण गर्दा ७२ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

‘योभन्दा बढी हुन सक्ने अनुमान गरेका थियौं,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. वासुदेव पाण्डेले भने, ‘समुदायस्तरमा गएर परीक्षण गर्दा पनि संक्रमण न्यून नै देखियो ।’ सोमबार एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आउने ४३ जनाको पीसीआर परीक्षण पनि गरिएको थियो । त्यसमा पनि सबैको रिपोर्ट पोजिटिभ नै आएको ईडीसीडीले जनाएको छ । कान्तिपुरमा खबरछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?