काठमाडौं । अष्ट्रेलिया र भारतबीचको तेश्रो वन डे म्याचमा भारत विजयी भएको छ ।
क्यानबेरामा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३०२ रन बनाएको थियो ।
३०३ रनको लक्ष्य पाएको अष्ट्रेलियाले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र २८९ रन मात्रै बनाउन सक्यो ।
अष्ट्रेलियाका लागि कप्तान ऐरन फिञ्चदे ७५ र ग्लेन म्याक्स्वेलले ५९ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले उत्कृष्ट पारी खेल्न सकेननन् ।
त्यस्तै भारतका लागि शिखर धवनले १६, शुभमन गिलले ३३, कप्तान विराट कोहलीले ६३, श्रेयस अय्यरले १९, लोकेश राहुलले ५, हार्दिक पाण्डेले नटआउट ९२ र रविन्द्र जडेजाले नटआउट ६६ रनको योगदान दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया