अमेरिकी विद्यार्थी गणितमा कमजोर

काठमाडौं । अमेरिकामा कोरोनाका कारण शिक्षा क्षेत्रमा पनि गम्भीर धक्का लागेको छ ।

शिक्षासँग जोडिएका ४० वर्ष पुरानो संस्था एनडब्ल्यूइएले हालै गरेको एक सर्वेमा कक्षा १ देखि ८ सम्मका बच्चाको सिक्ने क्षमतामा धेरै प्रभाव परेको छ ।

संस्थाले अमेरिकाको ३ देखि ८ औँ कक्षामा पढ्ने ४४ लाख बच्चाको मूल्यांकन गरेको थियो । रिपोर्टमा उनीहरु गणितमा कमजोर रहेको पत्ता लागेको हो ।

२०१९ को तुलनामा २५ प्रतिशत बच्चामा यो समस्या देखिएको हो । संस्थाकी रिसर्चर कुफेल्डले अधिकांश जिल्लामा अनलाइन क्लासमा बच्चाहरुको उपस्थिती कमजोर भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?