कोरोनाबाट अमेरिकामा २१ अप्रिल यताकै धेरैको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण हालसम्म विश्वमा १४ लाख ८६ हजार ६०९ जनाको मृत्यु भईसकेको छ भने ६ करोड ४१ लाख ८८ हजार ९६४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४ करोड ४४ लाख ३७ हजार ९८० जना संक्रमण मुक्त भएका छन् भने १ लाख ६ हजार २७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा हालसम्म १ करोड ४१ लाख ८ हजार ४९० जनालाई कोरोना संक्रमण भएको छ भने २ लाख ७६ हजार ९७६ जनाको मृत्यु भएको छ ।

त्यस्तै ८३ लाख ३३ हजार १८ जना संक्रमण मुक्त भएका छन् भने ५४ लाख ९८ हजार ४९६ जना उपचाररत छन् ।

त्यस्तै २५ हजार ७२२ जनाको स्वास्थ्इ अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको टेक्सासमा १२ लाख ८० हजार ७२० जनालाई संक्रमण भएको छ भने २२ हजार २९४ जनाको मृत्यु भएको छ । त्यस्तै क्यालिफोर्नियामा १२ लाख ५१ हजार १२५ जनालाई संक्रमण भएको छ भने १९ हजार ३२३ जनाको मृत्यु भएको छ ।

त्यस्तै फ्लोरिडामा १० लाख ८ हजार १६६ जनालाई संक्रमण भएको छ भने १८ हजार ६८३ जनाको मृत्यु भएको छ ।

अमेरिकामा मंगलवार १ लाख ८२ हजार १७२ जनालाई संक्रमण भएको छ भने २ हजार ६११ जनाको मृत्यु भएको छ । यो संख्या अमेरिकामा एकैदिन मृत्यु भएकाहरुको अप्रिल २१ यताकै सबैभन्दा धेरै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?