अण्डरवर्ल्ड डन दाउदको अर्को सम्पत्ती पनि लिलामी

काठमाडौं । अण्डरवर्ल्ड डन दाउद इब्राहिमको प्रोपर्टी लिलामी हुने क्रम जारी छ । भारतको खेडमास्थित दाउदको सम्पत्ती रत्नागिरीका स्थानीय ग्रामिण रविन्द्र कान्टेले किनेका हुन् ।

उनले सबैभन्दा धेरै रुपैयाँमा बोी लगाएर प्रोपर्टी किनेका हुन् । उनले दाउदको सम्पत्ती भारतीय एक करोड १० लाख भन्दा धेरै बोली लगाएर आफ्नो बनाएका हुन् ।

अंडरवर्ल्ड डॉन दाऊद इब्राहिम (फाइल फोटो)

यो सम्पत्तीको बेस प्राइज एक करोड ९ लाख १५ हजार ५०० रुपैयाँ थियो । यो सम्पत्तीमा ८० गुण्टा जमीन सामेल छ । गत नोभेम्बरमा उनका ६ सम्पत्तीको लिलामी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?