काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज रियल मड्रिडले शाख्तर डोनेस्कसँग भिड्दै छ । युक्रेनी क्लब डोनेस्कको घरेलु मैदानमा हुने दुई टिमबीचको खेल नेपाली समय अनुसार राति ११:४० बजे शुरु हुनेछ ।

रियल युक्रेनी क्लब पराजित गर्दै नकआउट चरणको नजिक पुग्न चाहन्छ ।
समूह बी मा रहेको रियल ४ खेलमा ७ अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ । शाख्तर ४ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । शाख्तर पनि रियललाई हराएर नकआउट पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया