काठमाडौं । भारतको बिहारस्थित सीवान जिल्लाको अलीमर्दनपुर गाउँमा एक पिताले आफ्ना पाँच बच्चा र श्रीमतीमाथि चक्कू प्रहार गर्दा ४ जना बच्चाको ज्यान गएको छ भने श्रीमती र एक बच्चा गम्भीर घाइते भएका छन् ।
घटनास्थलमै चार बच्चाको मृत्यु भएको र श्रीमती र माइली छोरीको भने उपचार भईरहेको बताइएको छ ।
आरोपीले घटना ढाकछोप गर्न बिष खाएर आत्महत्या गर्न लाग्दा प्रहरीले पक्राउ गरेको बताइएको छ ।
आरोपी अधिवेशले प्रहरीसँगको शोधपुछमा पहिला घटनालाई अन्जाम दिन खोजेपनि पछि मन लाग्यो काटिदिएँ भनेका भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उक्त व्यक्तिको पनि उपचार भईरहेको छ । आरोपी अवधेश चौधरीले पुलिसलाई स्वयं फोन गरेर यसको सूचना दिएका थिए ।

मृत्यु हुनेमा छोरी ज्योती कुमारी, छोरा अभिषेक, मुकेश र भोला रहेका छन् ।
दोश्रो छोरी अञ्जली र श्रीमती रीता देवी गम्भीर घाइते भएका छन् । उनीहरु दुबैलाई पटना रिफर गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया