क्रोएसियाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

काठमाडौं । क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिक कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । गत शनिवार उनकी श्रीमतीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको पनि परीक्षण गरिएको थियो ।

उनलाई पनि सङ्क्रमण पुष्टि भएपछि अहिले उनी दश दिनका लागि सेल्फ आइसोलेसनमा बसेका अधिकारीहरुले जानकारी दिएका छन् ।

उनलाई पहिलो पटक परीक्षण गर्दा नेगेटिभ नै देखिएको थियो । तर स्वास्थ्यकर्मीहरूले फेरि परीक्षण गर्न सुझाव दिएपछि परीक्षण गर्दा पोजेटिभ देखिएको अधिकारीहरूले जनाएका छन् ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको जनाइएको छ । उनले घरबाटै आफ्ना कामहरु गरिरहेका पनि अधिकारीहरुले बताएका छन् । उनले आइसोलेसनमा बसेर कोरोनासम्वन्धी आधारभूत स्वास्थ्य सतर्कताहरु पालना गरेका उनका सहयोगीहरूले जानकारी दिएका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?