बाइडेन र संयुक्त राष्ट्रसंघका महासचिवबीच कुराकानी

काठमाडौं । अमेरिकाका राष्ट्रपति इलेक्ट जो बाइडेनले सोमवार संयुक्त राष्ट्रसँघका महासचिव एन्टोनियो गुटेरेसबीच कुराकानी भएको छ ।

दुबैको बीचमा कोरोना महामारीविरुद्धको लडाईंसहित वैश्विक मुद्दामा साझेदारीलाई मजबुत बनाउने विषयमा छलफल भएको छ ।

जो बाइडन-एंतोनियो गुतारेस (फाइल फोटो)

अस्थाई प्रशासनले दुबैको बीचमा भविष्यमा अस्वास्थ्य क्षेत्रमा आउने चुनौतिसँग लड्नेको तरिका, जलवायु परिवर्तनसँग लड्ने, मानवीय संकट, शान्ति र सुरक्षाको विषयमा छलफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?