बारा । फेसबुक एकाउन्ट ह्याक गरी ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई आइतवार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सप्तरी सितापुर गाउँपालिका-३ बस्ने ३१ वर्षीय रामदेव साह र सुनसरी ईटहरी उपमहानगरपालिका(४ बस्ने २३ वर्षीया मनिषा गिरी रहेका छन् ।
उनीहरुले जितपुर सिमरा उपमहानगरपालिका-२ बस्ने एक महिलाको फेसबुक एकाउन्ट ह्याक गरी नगद ३० हजार रुपैयाँ पठाउ नत्र अश्लिल तस्बिरहरू सामाजिक संजालमा राखीदिन्छु भन्दै धम्क्याउने गरेका थिए ।
ति पिडीत महिलाले दिएको उजुरीको आधारमा खटिएको प्रहरीले अनुसन्धान गर्दै जाँदा सुनसरी ईटहरी उपमहानगरपालिका-६ ईटहरी बजार अन्तर्गत रहेको आइएमईबाट ठगी गरेको रकम झिकिरहेको अवस्थामा रकम सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरु उपर आपराधिक लाभ मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया