हत्यामा संलग्न तेजनारायण बिहे हेर्न निस्किएपछि…

काठमाडौं । रौतहटमा ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिकाका ४५ को तेजन दास भन्ने तेजनारायण दास तत्मा रहेका छन् ।

उनले गत बैशाख ७ गते जिल्लाको कटहरिया नगरपालिका वडा नं १ बस्ने सन्दिप यादवलाई कुटपिट गरी हत्या गरेर फरार भएका थिए ।

तेजनारायणलाई सोमवार साँझ गाउँमा आएको जन्ति हेर्न बाहिर निस्किएको अवस्थामा गाउँलेहरुले फेला पारी कुटपिट गरेका थिए ।

उनलाई स्थानीयले कुटपिट गरिरहेको भन्ने सुचनाका आधारमा अस्थायी प्रहरी पोष्ट छेदी चोकबाट खटिगएको प्रहरी टोलीले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत रौतहट बुझाउने कार्य भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?