भारतसहित अन्तर्राष्ट्रिय उडान खुल्यो

कोरोना महामारीका कारण २०७६ चैत ९ गतेदेखि बन्द भएका भारतसहित अन्य मुलुकमा हुने व्यावसायिक अन्तर्राष्ट्रिय उडान नेपाल सरकारले खुला गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार मन्त्रिपरिषद् बैठकले मन्त्रालयलाई भारतसहित सबै मुलुकमा उडान खुलाउन अनुमति दिएको हो ।

‘नेपाल–भारत उडानबारे बुधबारको सरकारको निर्णय सोमबार अबेर आइपुग्यो,’ सीसीएमसीमा समेत रहेका सहसचिव लामिछानेले भने, ‘नेपाल–भारत उडान सञ्चालन खुला भएको जानकारी भोलि (मंगलबार) परराष्ट्र मन्त्रालयमार्फत भारत र त्यहाँ रहेको हाम्रो दूतावासलाई पत्राचार गर्दै छौं ।’ उनका अनुसार भारतले प्रस्ताव गरेको एयर–बबल मोडललाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको हो । कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?