ट्रम्पद्वारा घाइते बाइडेनलाई स्वास्थ्यलाभको कामना

काठमाडौं । अमेरिकाका राष्ट्रपति इलेक्ट जो बाइडेन आफ्नो घरको कुकुरसँग जिस्किँदा चिप्लिएर लडेपछि घाइते भएका छन् ।

उनको दायाँ खुट्टा फर्किएको छ । अधिकारीहरुले आईतवार यसको जानकारी दिएका हुन् । बाइडेन हाल उपचार गराइरहेका छन् भने उनलाई केहि हप्ता आरा मगर्न डाक्टरहरुले सुझाएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेनलाई चाँडै निको हुन कामना गरेका छन् । सामाजिक सञ्जाल मार्फत् उनले बाइडेनको स्वास्थ्यलाभको कामना गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?