लाग्यो यो वर्षको अन्तिम चन्द्र ग्रहण, कुन राशिलाई धेरै असर ?

काठमाडौं । ३० नोभेम्बरमा वर्ष २०२० को अन्तिम चन्द्र ग्रहण लाग्न शुरु भएको छ । यो एक उपछाया चन्द्र ग्रहण हुनेछ । १ बजेर २ मिनेट जाँदा यसको शुरुवात भएको थियो । त्यस्तै साँझ ५ बजेर २३ मिनेटमा यो समाप्त हुनेछ ।

ज्योतिषीका अनुसार यो ग्रहण वृष राशि र रोहिणी नक्षत्रमा लागेको छ । यसको पी्रभाव लगभग १५ डिसेम्बरसम्म रहनेछ ।

मेष राशिका लागि धनहानी हुनेछ भने वृषका लागि बादविवादमा अल्झिने समय रहेको छ । त्यस्तै मिथुन राशिका लागि प्रेम र वैवाशिक जीवनमा समस्या आउने बताइएको छ ।

त्यस्तै कर्कट राशिलाई आकस्मिक लाभ हुनेछ भने सिंह राशिका लागि जागिर परिवर्तन गर्ने आश मारिदिनु होला । यसमा अशुभ देखिएको छ ।

त्यस्तै तुला राशिमा स्वास्थ्यको समस्या र दुर्घटनाको योग रहेको छ ।

त्यस्तै वृश्चिक राशिका लागि कारोबारको करियरमा समस्या रहेको छ । त्यस्तै धनु राशि हुनेहरुलाई समय राम्रो रहेको छ । कारोबारमा सफलताको योग रहेको छ ।

त्यस्तै मकर राशिहरुका लागि आँखा र पेटका साथै अन्य स्वास्थ्यको समस्या रहेको छ । त्यस्तै कुम्भ राशि हुनेहरुका लागि करियरमा परिवर्तन देखिने योग रहेको छ । ब्यापारहरुमा सफलता मिल्नेछ ।

त्यस्तै मीन राशि हुनेहरुका लागि करियरको समस्या टाढा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?