काठमाडौं । पैसा नलाग्ने र सहज सञ्चार आदान प्रदानका लागि विश्वको अग्रणी एपहरु मध्येको एक राकुटेन भाइबरले १४ शृंखलाको एक लघु वृत्तचित्रको साथमा आफ्नो “भाइबर हिरोज्” प्याकेजको घोषणा गरेको छ ।
उक्त वृत्तचित्रले बितेका वर्षहरुमा भाइबरको प्रयोग गरेर विश्वभरका मानिसहरुले आफ्नो जीवनमा कसरी परिवर्तन ल्याउन सफल भए भन्ने सम्बन्धमा वास्तविक कथाहरु समेटेको छ । प्रयोगकर्ताहरुले वर्षैभरी अर्थपूर्ण सम्बन्ध बनाइराख्न भाइबर प्रयोग गरीरहेकै कारणले भाइबर विश्वकै सर्वाधिक प्रयोग हुने मेसेजिङ्ग एप बन्न सफल भएको र तसर्थ भाइबर विश्वकै एक प्रमुख कम्पनीको रुपमा उन्नति पाएको उत्सव पनि भाइबरको दशौं वार्षिकोत्सवले प्रतिबिम्बित गर्दछ ।
१० वर्ष अघि आफ्नो पदार्पण भएदेखि भाइबरले भिओआइपि कल, ग्रुप भिडियो च्याट, रमाइलो स्टिकरहरु र प्रयोगकर्ताको डाटा गोपनीयता संरक्षण गर्न पूर्व निर्धारित उच्च स्थरको सुरक्षाका प्रोटोकलहरु जस्ता विशेषताहरु पहिलो पटक उपलब्ध गराएर एक नयाँ आयाम रच्न सफल भइसकेको छ ।
आज, भाइबरले आफ्ना हिरोहरुको व्यक्तिगत कथाहरु १४ वटा छोटो भिडियोहरुको शृँखलामा उतारेर उत्सव मनाउँदै छ । यी हिरोहरु रुस, अल्जेरिया, इराक, बुल्गेरिया, ग्रीस, सर्बिया, युक्रेन, नेपाल, श्रीलँका र फिलिपिन्सका रहेका छन् । यी हिरोहरु फरक उमेर समुहका र फरक पृष्ठभूमिका छन् – भाइबरमा आफ्नो कोहि प्रीय साथीसँग भेट भएको देखि लिएर पुराना साथीहरुसँग सम्पर्कमा रहिरहेको देखि यस प्लेटफर्म एक सहायताको स्रोत बन्न पुगेको जस्ता कथाहरु यस शृँखलाले सुनाउँछ ।
नेपालः अविनाश केही वर्ष पहिले अष्ट्रेलिया गएका थिए र उनलाई नेपाल फर्केर आउने मौका नै मिलेको थिएन । यो पटक उसलाई नेपाल आउने मौका मिलेको थियो र यसैले उनी यस वर्ष आफ्नी आमाको जन्मदिनमा आमालाई सप्राइज दिने भनेर उत्साहित थिए तर त्यस्तैमा कोभिड–१९ आइदियो । त्यसैले निरुत्साहित हुनुभन्दा अविनाशले आफ्नी आमालाई भाइबर ग्रुप भिडियो कलबाट जन्मदिनमा मीठासपूर्ण जन्मदिनको बधाई दिएर अचम्भित पार्ने योजना बनायो । त्यो विशेष दिन मनाउन लकडाउनकै बीचमा पनि उनीहरुका साथीभाइहरु र परिवार भाइबरमा भेला भएका थिए ।
युक्रेनः देशभर लकडाउन भएकोले सार्वजनिक यातायातका साधनहरु बन्द भएका बेला युक्रेनका डक्टरहरुलाई काममा जानु जरुरी थियो । यरोस्ल्याभ कुरेजा, जो आकस्मिक तथा विपद् मेडिसिनका लागि किभ सेन्टरका डक्टर थिए, उनले भाइबर मार्फत् डक्टरहरुलाई सशक्त बनाउन एक “टेक द मेडिक” कम्युनिटी नै खडा गरे । यस पहलले स्थानीय भाइबर कम्युनिटीमा १०,००० भन्दा बढी सदस्यहरु भए, जो एक आपसलाई आवश्यक पर्दा सहयोग गर्छन् । यो समुह अहिले सार्वजनिक यातायात सुचारु भैसकेपछि पनि सक्रिय रुपले काम गरिरहेको छ ।
बुल्गेरियाः यस वर्षको प्रारम्भमा महामारीको दौरानमा बुल्गेरियाको “बुर्गास मेन हस्पिटलमा जन्मिएको आफ्नो नवजात शिशु हेर्न उनीहरुको अभिभावकहरुलाई मात्र भाइबर एक माध्यम भएको थियो । त्यसैले नवजात शिशु विभागका कर्मचारीले भिडियो कललाई सुविधाजनक बनाउन र सहयोग गर्न तथा उनीहरुका बालबच्चाबाट अलग भएका मातापिताहरुलाई आश्वासन दिन व्यवस्था भाइबरद्धारा मिलाए ।
रुसः एलीना एक अपाङ्गता भएको बच्चाको आमा हुन्, जसले विरलै घर छाड्न सक्छिन् । भाइबरको मद्दतले उनले बागवानी कम्युनिटी बनाउन शुरु गरिन्, जसमा अहिले नै २००० सदस्यहरु आबद्ध भइसकेका छन् । उन्को कम्युनिटी मार्फत एलीनाले बोट विरुवाहरु र फूलहरु हुर्काउँछिन्, आफ्नो बागवानीको अनुभव अरुहरुसँग सेयर गर्छिन् र यसैले उनलाई यस कठिन समयको सामना गर्न मद्दत गरेको छ ।
श्रीलंकाः सन् २०१५ मा गयानले आफ्नो जीवनकै सबैभन्दा महत्वपूर्ण व्यक्ति गाविन्दिसँग भेटे । उसले उनलाई पहिलो पटक उनीहरुको कार्यालय परिसरमा देखेका थिए, तर हेलो भन्न अति नै लजाएका थिए । अन्त्यमा, उसले उनलाई भाइबरमा एउटा स्टिकर पठायो र उसलाई अचम्म तुल्याउँदै उनले पनि त्यसको प्रत्युत्तर पठाइन् । अन्ततः सन्देशहरु आदान प्रदान गर्ने क्रम बारम्बार चल्दै गयो र २ वर्षपछि उनीहरु लगन गाँठोमा बाँधिए ।
इराकः शीलान एक समर्पित शिक्षिका, जसले महामारीको दौरानमा घरबाट नै सबै उमेरका विद्यार्थीहरुलाई पढाउने कार्यलाई निरन्तरता दिइन् । उनले विश्वव्यापी भएको महामारीको अवधिमा पनि अभिभावकहरु र विद्यार्थीहरुसम्म आफ्नो ज्ञान पुर्याउन एक नवीन उपायको पत्ता लगाउँदै पाठहरु र क्रियाकलापहरुलाई सहजीकरण गर्न भाइबरमा एक कम्युनिटी बनाइन् ।
“हामी वास्तवमै बितेको १० वर्षमा हाम्रो प्लेटफर्मले प्राप्त गरेको सफलता हाम्रो विश्वभरका ती वास्तविक भाइबर प्रयोगकर्ताहरु प्रति समप्र्रित गर्छाैँ जो अरुसँग जोडिनलाई भाइबर प्रयोग गर्दछन् । भाइबरमा हुने हरेक च्याटको पछाडि एउटा वास्तविक कथा छ । हामी हाम्रा प्रयोगकर्ताहरुलाई माया गर्छौं र हामी उनीहरुको दैनिक जीवनको एक हिस्सा बन्न पाएकोमा खुशी छौं । हामी मार्फत मानिसहरुले आनन्द, खुशीयाली र कहिलेकाँही पिडादायी क्षणहरु –अर्को शब्दमा वास्तविक भावना साटासाट गरि साझा गर्न समर्थ भएकोले हाम्रो कार्यलाई अर्थपूर्ण बनाइदिन्छ । हामी हाम्रो यात्रालाई निरन्तर जारी राख्न प्रतिबद्ध छौं अनि आभार पनि व्यक्त गर्दछौं ।” राकुटेन भाइबरका चिफ ग्रोथ अफिसर आना जमेंन्स्कायाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया