ब्राजिलमा २४ घण्टामा ५२ हजार संक्रमित थपिए, ६ सयको मृत्यु, सिंगापुरमा नवजातमा पाइयो एन्टीबडी

काठमाडौं । ब्राजिलमा कोरोना संक्रमणको रफ्तार फेरि बढेको छ । शनिवार एकैदिनमा त्यहाँ ५१ हजार ९२२ जनालाई कोरोना संक्रमण भएको छ भने ६०० जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ६२ लाख भन्दा धेरै मानिसहरुलाई कोरोना संक्रमण भएको छ भने साथै एक लाख ७१ हजार भन्दा धेरैको मृत्यु भईसकेको छ । तर राष्ट्रपति बोल्सोनारो अझै गम्भीर नभएको आरोप लागेको छ ।

उनले एक पटक फेरि भाइरसको मजाक उडाएका छन् । उनले कोरोना भ्याक्सीन आए पनि नलगाउने घोषणा गरिसकेका छन् । उनले ब्राजिललाई भ्याक्सीनको कुनै आवश्यक्ता नरहेको बताएका छन् ।

उनले मास्क लगाउने मानिसको समेत आलोचना गरेका छन् ।

त्यस्तै सिंगापुरमा एक मपहिलाले नोभेम्बरमा जन्म दिएको बच्चामा कोरोनाको एन्टीबडी पाइएको छ । मार्च ति महिला प्रेग्नेन्सीको बेला संक्रमित बनेकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?