काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेरि अर्को झट्का लागेको छ ।
धाँदली भएको भन्दै पेन्सिलवेनिया राज्यमा पुनः मत गणना गराएका ट्रम्प पराजित बनेका हुन् ।
पेन्सिलवेनियाको संघीय अदालतले ट्रम्पको टीमद्वारा दर्ता गराएको मुद्दा खारेज गरेको हो । साथै अदालतले राष्ट्रपतिलाई वकिलले नभएर जनताले चुन्ने बताएको छ । यो अपील तीन न्यायाधीशको टीमले खारेज गरेको हो ।
उनीहरुले ट्रम्पसँग चुनावमा धाँदली भएको भन्ने कुनै प्रमाण नरहेको बताएँदै उनको मुद्दा खारेज गरेको हो । ट्रम्पले भने अझै सहजै सत्ता नछोड्ने बताएका छन् ।
उनले भने, ‘बाइडेन तब मात्र ह्वाइट हाउस आउन सक्छन् जब, उनले पाएका ८० मिलियन भोट वैध हुनेछन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया