काठमाडौं । स्पेनिस च्याम्पियन रियल म्याड्रिड अलाभेससँग पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा अलाभेससँग म्याड्रिड २-१ गोल अन्तरले पराजित भएको हो ।
खेलको पाचौँ मिनेटमा नै पाहुना टोली अलाभेसले पेनाल्टीमा अग्रता लिएको थियो । नाचो फर्नान्डेजले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । लुकास पेरेजले उक्त पेनाल्टीको सदुपयोग गर्दै १-० को अग्रता दिलाए ।
दोस्रो हाफको ४९ औँ मिनेटमा अलाभेसले अग्रता दोब्बर पार्यो ।
निर्धारित समयको ५ मिनेट बाँकी रहँदा रियलले गोल फर्काएर पुनरागमन गर्ने संकेत देखाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया