युभेन्टस बेनेभेन्टोसँग बराबरीमा रोकियो

काठमाडौं । लियन सिरी ए अन्तर्गत शनिवार भएको खेलमा साविक विजेता युभेन्टस बेनेभेन्टोको मैदानमा बराबरीमा रोकिएको छ ।

सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई विश्राम दिएको खेलमा युभेन्टसले अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको अधिकांश समय युभेन्टसले बल पोसेसन राख्दै आक्रमण बुनेपनि बेनेभेन्टोको डिफेन्स तोड्न सकेन । खेलको अन्त्यतिर डिबालाले गोल गर्न सुवर्ण अवसर खेर फालेपछि युभेन्टस जित दर्ता गर्नबाट वञ्चित भयो । खेल सकिएपछि फरवार्ड मोराटाले रेफ्रीलाई दुर्व्यवहार गरेपछि रेफ्रीले रातो कार्ड देखाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?