काठमाडौं । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री नविन्द्रराज जोशीले काठमाडौँ क्षेत्र नं ८ का जनतालाई स्वास्थ्य सामग्री वितरण गरेका छन् ।
कोभिड–१९ को महामारीबीच घरदैलो अभियानमा निस्कनुभएका नेता जोशीले आज चागल क्षेत्रमा पुगेर त्यहाँका जनतालाई निःशुल्क मास्क, स्यानीटाइजर, अक्सिमिटर र औषधि वितरण गरेका छन् ।
गणेशमान अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत रहेका नेता जोशीले कोरोनाको महामारीको समयमा जनताको समस्या बुझ्न घरदैलो अभियान सञ्चालन गरिएको जानकारी दिएका छन् । उनले यसअघि सोल्टीमोड, कालिमाटी, रविभवन, स्वयम्भू, मिलिजुली टोल र शान्तिनगर क्षेत्रका बासिन्दालाई घर घरमा पुगेर आवश्यक परामर्श गर्नुका साथै स्वास्थ्य सामग्री वितरण गरिसकेका छन् ।
उनले घरदैलो अभियानअन्तर्गत सङ्क्रमितको उपचारमा सहयोग गर्न फोनबाट निःशुल्क चिकित्सकीय सल्लाह प्रदान गर्ने तथा बिहान, दिउँसो र राति गरी तीन ‘सिफ्ट’ मा २४ सै घण्टा सेवा सञ्चालन गरिएको जानकारी दिएका छन् ।
जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डे, डा भूपेन्द्र बस्नेतलगायत विशेषज्ञ चिकित्सक र सरकारी तथा निजी अस्पतालको सहयोगमा स्वास्थ्य सेवा दिने अभियानको उद्देश्य रहेको छ । कोरोना महामारी नियन्त्रण नभएसम्म यो अभियान जारी राख्ने प्रतिष्ठानले जनाएको छ । (रासस)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया