काठमाडौं । कोरोना महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण हालसम्म १४ लाख ४९ हजार ११४ जनाको मृत्यु भएको छ भने ६करोड १९ लाख ८८ हजार ५४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ४ करोड २७ लाख ८८ हजार ६४८ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा १ लाख ५ हजार २४८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा १ लाख ३६ हजार २३८ जनाको मृत्यु भएको छ भने ९३ लाख ५१ हजार २२४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ८७ लाख ५९ हजार ९६९ जना संक्रमण मुक्त भएका छन् भने ४ लाख ५५ हजार १७ जना उपचाररत छन् ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा शुक्रवार ४१ हजार ३५३ जनालाई संक्रमण भएको छ भने ४८६ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया