२६/११ मुम्बई आतंकी हमलामा मारिएकाको सम्झनामा मैनबत्ती र्‍याली

काठमाडौं । २६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, यसपछि लगातार ६० घण्टासम्म गोलाबारी चलिरह्यो । मुम्बईको इतिहासकै सबैभन्दा ठूलो हमलामा १ सय ६० जनाभन्दा धेरैको ज्यान गएको थियो।

 

सोही २६/११ मुम्बई आतंकी हमलामा मारिएकाहरूको सम्झनामा राष्ट्रिय एकता अभियानले मैनबत्ती र्‍याली निकालेको छ। र्‍यालीमा अभियानका दर्जनौ कार्यकर्ताहरूको सहभागीता रहेको थियो। अभियानले निकालेको उक्त र्‍याली महाराजगन्जबाट शुरू भइ पकिस्तानी दूतावास अगाडि कोण सभामा परिणत भएको थियो।

No description available.

उक्त आक्रमणमा मारिएका निर्दोषहरूप्रति अभियानले श्रद्धाञ्जली समेत ब्यक्त गरेको छ।

No description available.

अभियानले निकालेको र्‍यालीमा पाकिस्तान-आतंकबादलाई प्रसय दिन बन्द गर,आतंकवादको अन्त नै विश्वशान्तिको आगमन र आतंकवादलाई प्रसय दिने देश अपराधी लगायतका नारा लगाइएको थियो।

No description available.

अभियानका संयोजक विनय यादवले पाकिस्तानमा लुकेका आन्तकवादीहरूलाई कारवाही नहुन्जेलसम्म विश्वमा शान्ति कायम हुन नसक्ने बताए।

No description available.

हमलाकारीले मुुम्बईका दुुईवटा पाँचतारे होटल, सिएसटी रेलवे स्टेशन, नरिमन हाउस र मेट्रो सिनेमासहित १२ ठाउँलाई निशाना बनाए । यति ठूला आतंकी हमला हुनसक्छ भन्ने अनुमान सुरुमा कसैलाई पनि थिएन ।

No description available.

२६ नोभेम्बरकै रात आतङ्कवाद निरोधक दस्ताका प्रमुख हेमन्त करकरेसहित मुम्बई पुलिसका केही अधिकारी हमलामा मारिएका थिए । लियोपोल्ड क्याफे र छत्रपति शिवाजी टर्मिनस (सिएसटी) बाट शुरु भएको यो तान्डव ६० घण्टापछि पाँचतारे होटल ताज महलमा पुगेर २९ नोभेम्बरमा समाप्त भएको थियो ।

No description available.

हमलाकारीमध्ये ९ जनाको मुठभेडकै क्रममा मृत्यु भयो । पक्राउ परेका एकमात्रै हमलाकारी पाकिस्तानी नागरिक आमिर अजमल कसाबलाई २०१२ मा फाँसी दिइएको थियो । फाँसीको सजाय हुनअघि अजमलले पाकिस्तानमा केन्द्रीय कार्यालय रहेको अतिवादी इस्लामिक संगठन लस्कर–ई–तोइबाले यस आक्रमण गराएको खुलासा गरेका थिए । उनका अनुसार घटनामा मारिएका ९ हमलाकारी यही संगठनका सदस्य थिए ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?