‘फेकोफनमा स्थापनादेखि नै महिला पुरुष समान नेतृत्व’

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) का अध्यक्ष भारती पाठकले स्थापनाकालदेखि नै संस्थाको नेतृत्वमा महिला र पुरुषको ५०/५० प्रतिशत सहभागिता भएको बताएका छन् । महासङ्घले आज अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवसका अवसरमा देशभर रहेका सामुदायिक वन उपभोक्ता महासङ्घ र वन उपभोक्ता समूहका महिला पदाधिकारीका लागि भर्चुअल रुपमा आयोजना गरेको महिला नेतृत्व प्रशिक्षणमा उनले सामुदायिक वनको आन्दोलनमा समेत महिलाको अतुलनीय योगदान रहेको बताए ।

समाजमा हुने हरेक हिंसाविरुद्ध फेकोफन कटिबद्ध भएर लाग्ने प्रतिबद्धता उनले जनाए । तालीममा महासङ्घका महासचिव बिर्खबहादुर शाही र सचिव ठाकुरप्रसाद भण्डारीले सामुदायिक वनको योगदानको अभिलेख राख्ने काम सरकारीस्तरबाट हुन नसकेको भनी दुखेसो पोखे। महासङ्घका कार्यकारी निर्देशक डा सीता अर्यालले कार्यालयमा महिलामाथि हिंसा हुन नदिन व्यक्तिगत रुपमा सचेत रहन जरुरी रहेको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?