काठमाडौं । भारत र अष्ट्रेलियाको बीचमा तीन वन डे सीरिजको पहिलो म्इाच सिड्नीमा अहिले भईरहेको छ ।
टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएरु ३७५ रनको टार्गेट दिएको छ । कप्तान ऐरन फिञ्च र स्टिव स्मिथले शतकीय पारी खेलेका छन् ।त्यस्तै डेभिड वार्नरले अर्धशतकीय पारी खेले ।
ओपनर ऐरन फिञ्च र डेभिड वार्नरले १५६ रनको पार्टनरशीप खेलेका थिए । फिञ्चले १२४ बलमा ११४ रन र वार्नरले ७६ बलमा ६९ रन बनाए ।
फिञ्चले वन डे करियरमा १७ औँ र भारतविरुद्ध चौथो शतक प्रहार गरेका छन् । त्यस्तै स्मिथले ६२ बलमै वन डेमा आफ्नो १० औँ शतक प्रहार गरे । उनले ६५ बलमा १०५ रनको पारी खेले ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया