बाइडेनले पाए ८ करोड ११ हजार भोट, ट्रम्पले कति ?

काठमाडौं । अमेरिकी राष्ट्रपतिय चुनावको नतिजा आईसकेको छ । जसमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेन विजयी भएका छन् ।

उनले कुल ८ करोड ११ हजार भोट पाएका छन् भने राष्ट्रपति डोनाल्ड ट्रम्पले ७ करोड ३८ लाख भोट पाएका छन् । यससँगै जो बाइडेन अमेरिकाको इतिहासमा सबैभन्दा धेरै भोट ल्यायने राष्ट्रपति बनेका छन् भने डोनाल्ड ट्रम्प दोश्रो नम्बरमा रहेका छन् ।

नोभेम्बर तीनमा भएको राष्ट्रपतिय चुनावमा बाइडेन विजयी भएपनि राष्ट्रपति ट्रम्प अझै हार स्विकार्न तयार छैनन् ।

उनी सत्ता हस्तान्तरण गर्न मञ्जुर रहेपनि पराजय स्विकार्न भने अहिलेसम्म राजि छैनन् । विजेता बाइडेनले भने २० जनवरीमा राष्ट्रपतिको शपथ लिँदैछन् ।

राष्ट्रपति ट्रम्पको क्याम्पले चुनावमा धाँदली भएको भन्दै अदालतामा मुद्दा दर्ता गरेपछि रोकिरहेको मतगणना सकिएसँगै यो नतिजा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?