कौडा खेलिरहेको अवस्थामा १७ जना पक्राउ, ४८ हजार नगद बरामद

नवलपरासी । बुधवार राति प्रहरीले कौडा खेलिरहेको अवस्थामा एकै ठाउँबाट १७ जना पक्राउ गरेको छ ।

मध्यबिन्दु नगरपालिका-८ भागडा बस्ने तिलकराम योगी थारुको घरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २८ वर्षीय सुरेश महतो समेत १७ जनालाई पक्राउ गरेको हो ।

उनको घरमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४८ हजार २ सय ७० रुपैयाँ, ५ सय भारतीय रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।

उनीहरुलाई पक्राउ गरि यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?