म्यान्चेस्टर युनाईटेडको सहज जित

काठमाडौं । इंग्लिस क्लब म्यान्चेस्टर युनाईटेडले च्याम्पियन्स लिग फुटबलमा सहज जित हात पारेको छ । मंगलवार राति भएको खेलमा युनाईटेडले टर्किस क्लब इस्तानबुल बासाकसेरलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको सातौं मिनेटमा फर्नान्डेसले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । खेलको १९ औं मिनेटमा फर्नान्डेसले दोस्रो गोल गर्दै युनाईटेडलाई २-० को अग्रता दिलाए ।

Image

३५ औं मिनेटमा मार्कस राष्फोर्डले पेनाल्टीमा गोल गर्दा युनाईटेड ३-० ले अघि बढ्यो । खेलको ७५ औं मिनेटमा डेनिजले गोल गर्दै इस्तानबुललाई ३-१ को स्थितिमा ल्याए ।

त्यस्तै, खेलको इन्जुरी समयमा ड्यानियल जेम्सले गोल गर्दै युनाईटेडलाई ४-१ को सहज जित दिलाए ।

जितसँगै समूह एच को युनाईटेडले ४ खेलमा ९ अंक जोडेको छ ।  इस्तानबुल ३ अंक जोडेर पुछारमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?