काठमाडौं । यूइएफ च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित हात पारेको छ । मंगलवार राति भएको खेलमा पीएसजीले आरबी लाइपजिगलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

नेयमारले खेलको ११ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै पीएसजीलाई विजयी बनाए । यस जितसँगै पीएसजीले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ ।
समूह एच को दोस्रो स्थानमा रहेको पीएसजीले ४ खेलमा ६ अंक जोडेको छ ।
लाइपजिगको समेत नकआउट चरणमा पुग्ने सम्भावना कायम रहेको छ । लाइपजिग ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया