जितसँगै युभेन्टस च्याम्पियन्स लिगको नकआउट चरणमा

काठमाडौं । जितसँगै इटालियन क्लब युभेन्टस यूईएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलवार राति भएको खेलमा हंगेरीको एफटिसीलाई २-१ गोल अन्तरले पराजित गर्दै युभेन्टस अन्तिम १६ मा पुगेको हो ।

खेलको १९ औं मिनेटमा युज्नीले गोल गर्दै एफटिसीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ३५ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको इन्जुरी समयमा मोराटाले गोल गर्दै युभेन्टसलाई २-१ को जित दिलाए ।

जितसँगै युभेन्टसले समूह जी मा ४ खेलमा ९ अंक जोड्यो । युभेन्टस दोस्रो स्थानमा रहेको छ ।

एफटिसी १ अंक जोडेर तालिकाको पुछारमा रहेको छ ।

  • एजेन्सी

यो पनि पढ्नुहोस् :  किभलाई पराजित गर्दै बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?