किभलाई पराजित गर्दै बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा

काठमाडौं । शानदार जितसँगै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

मंगलवार राति भएको खेलमा युक्रेनी क्लब डाइनामो किभलाई ४-० गोल अन्तरले पराजित गर्दै बार्सिलोना नकआउट चरणमा पुगेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५२ औं मिनेटमा डेस्टको गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो । खेलको ५७ औं मिनेटमा मार्टिनले गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए ।

Image

७० औं मिनेटमा मार्टिनले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाए ।

जितसँगै समूह जी बार्सिलोनाले ४ खेलमा १२ अंक जोडेको छ । शीर्ष स्थानको बार्सिलोना अपराजित रहेको छ ।

किभ १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?