काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले युक्रेनी क्लब डाइनामो किभसँग प्रतिस्पर्धा गर्दैछ । बार्सिलोना र किभबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे किभको घरेलु मैदानमा शुरु हुनेछ ।
किभको मैदानमा बार्सिलोना अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ । समूह जी मा रहेको बार्सिलोना ३ खेलमा ९ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
किभविरुद्ध बार्सिलोनाका नियमित कप्तान लियोनल मेस्सीले खेल्ने छैनन् । किभ भने १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया