महासंघ चुनाव : अञ्जन श्रेष्ठद्वारा वस्तुगत तर्फको भिजन पुस्तक सार्वजनिक

काठमाडौं । आसन्न नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा शेखर गोल्छा समूहका वस्तुगत उपाध्यक्षका उम्मेद्वार अञ्जन श्रेष्ठले वस्तुगत क्षेत्रको भिजन सहितको ‘भिजन २०२०’ नामक पुस्तक अनावरण गरेका छन् ।

उक्त पुस्तकमा समेटिएका विषय सबै वस्तुगत संघका समस्या, अवसर र आगामी दिनमा पूरा गर्नुपर्ने विषय समेटिएका छन् । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा शेखर गोल्छा समूहले ‘भिजन २०२०’ पुस्तकको अनावरण गरेको थियो ।

पुस्तक अनावरण कार्यक्रममा आसन्न महासंघ निर्वाचनका वस्तुगत उपाध्यक्षका उम्मेद्वार अञ्जन श्रेष्ठले विषम परिस्थितीमा भर्चुअल माध्यमबाट छलफल गरि, छलफलको धारणालाई बेस बनाएर पुस्तक तयार पारिएको बताए । श्रेष्ठले सबै क्षेत्रलाई प्रतिनिधित्व हुनेगरि समावेशी पुस्तक निर्माण गरिएको बताएका छन् । उनले महासंघमा निर्वाचनको लागि मात्र आफ्नो उम्मेद्वारी नदिएको बताउँदै आगामी कार्यकालका लागि मार्गदर्शन समेत तयार पारिएको बताए ।

यस्तै वरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानले वस्तुगत क्षेत्रको भिजन सार्वजनिक हुनु भनेको एक सन्देश प्रवाह भएको बताएका छन् । यो केबल पुस्तक मात्र नरहेको बताउँदै उनले यो भविष्यको खाका समेत रहेको बताए । यो केवल पुस्तक मात्र नभएर भविष्यको पक्का वाचा रहेको धारणा राखेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले यो पुस्तकलाई लिखित कमिट्मेन्ट रहेको बताए । आफ्नो पालामा यो सब नभएको बताउँदै निवर्तमान अध्यक्ष मुरारकाले महासंघमा एउटा राम्रो सोचको विकास भएको बताएका छन् । ।

कार्यक्रममा एशोसिएट तर्फका उम्मेद्वार शौरभ ज्योतीले पनि पुस्तक अनावरणलाई एउटा सबल कदम भनि विश्लेषण गरेका छन् । ‘भिजन २०२०; पुस्तकलाई उनले अध्यारो बाटोमा प्रकाशको संज्ञा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?