काठमाडौं । पछिल्लो समयमा युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डो नयाँ क्लबमा जाने विषयमा चर्चा चलेको थियो । रोनाल्डोले आफ्नोे सुरुवाती क्लब स्पोर्टिङ सिपीबाट सन्यास लिने कुरा निक्कै चर्चामा रह्यो ।

पोर्चुगलको कप्तान समेत रहेका रोनाल्डो सन् २०२२ सम्म सम्झौता रहँदा सम्म युभेन्टसमै रहने विश्वास गरिएको छ । किनभने, टुरिनबाट प्रकाशित हुने टुटो स्पोर्टसले रोनाल्डो आफै पनि सम्झौता रहँदा सम्म युभेन्टसमै रहने प्रकाशित भएको छ । युभेन्टसका प्रशिक्षक आन्द्रे पिर्लोसँग रोनाल्डोको सम्बन्ध राम्रो रहेको बताइन्छ ।

पिर्लो पनि रोनाल्डोलाई क्लबमा चाहन्छन् । रोनाल्डो पनि उनको पहिलो सिजनमा नयाँ प्रशिक्षकको योजनामा साथ दिन चाहन्छन् ।
पिर्लोले भनेका छन् ‘उनी २०२२ सम्म त्यहि रहनेछन् ।’ युभेन्टसका खेलकुद निर्देशक फाबियो पाराटिसीले पनि रोनाल्डो क्लबमै रहने विश्वास व्यक्त गरेका छन् ।
‘रोनाल्डोको भविष्यमा युभेन्टसमै छ ‘, उनले भनेका छन्, ‘निश्चय नै समाचारहरु आउँछन् । तर हामीले त्यसमा चासो राख्न आवश्यक छैन ।’
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया