एथ्लेटिक बिल्बाओको शानदार जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओले शानदार जित हात पारेको छ । सोमवार राति भएको खेलमा रियल बेटिसलाई ४-० गोल अन्तरले पराजित गर्दै बिल्बाओले शानदार जित हात पारेको हो ।

घरेलु मैदानमा बेटिसका भिक्टोर रुइजको आत्मघाती गोलबाट बिल्बाओले अग्रता बनाएको थियो । खेलको ३३ औं मिनेटमा एण्डर कापाले गोल गर्दै बिल्बाओलाई २-० को अग्रता दिलाए ।

Image

खेलको ५९ औं मिनेटमा इकर मुनियनले गोल गर्दा बिल्बाओ ३-० को अग्रता दिलाए । त्यस्तै, खेलको ६८ औं मिनेटमा एलेक्स बेरेनगुएरले गोल गर्दै बिल्बाओलाई ४-० को जित दिलाए ।

बिल्बाओले ९ खेलमा १२ अंक जोड्दै आठौं स्थानमा उक्लिएको छ । बेटिस १२ अंक जोड्दै लिगको १२ औं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?