मेस्सी च्याम्पियन्स लिगको टिम बाहिर !

काठमाडौं । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले च्याम्पियन्स लिग अन्तर्गतको डाइनामो किभसँगको खेल गुमाउने भएका छन् । बार्सिलोनाले डाइनामो किभसँगको टिममा मेस्सीलाई समावेश गरेको छैन ।

मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले उनीहरुलाई आराम दिइएको बताएका छन् । बार्सिलोनाले बुधवार किभसँग उसैको मैदानमा खेल्नेछ ।

समूह जी मा रहेको बार्सिलोना ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । किभ १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?