महात्मा गान्धीका पनातीको कोरोनाबाट निधन

काठमाडौं । दक्षिण अफ्रिकामा बस्दै आएका महात्मा गान्धीका पनाती सतीश धुपेलियाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ ।

तीन दिन पहिला मात्रै ६६ औँ जन्मदिन मनाएका उनको कोरोनाबाट निधन भएको हो । उनी जोहानसबर्गमा बस्दै आएका थिए ।

उनकी दिदी उमा धुपेलियाले भाईको निधन भएको जानकारी दिएकी हुन् ।

सतीशलाई निमोनियाका काण केहि दिन अगाडि मात्र अस्पतालमा भर्ना गरिएको थियो । उनी चर्चित फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?