बिजेपी नेता जुल्फीकारको गोली हानी हत्या, छोरामाथि चक्कु हमला

काठमाडौं । दिल्लीको नन्द नगरी क्षेत्रस्थित सुन्दर नगरीमा भारतीय जनता पार्टी (बीजेपी) नेता तथा आरटीआर्य कार्यकर्ता जुल्फिकार कुरैशीलाई अज्ञात समूहले गोली हानी हत्या गरेको छ ।

उनी बिहानै नमाज पढ्न जाने क्रममा उनको हत्या भएको थियो । मस्जिद बाहिर उनलाई गोली हानिएको थियो ।

बीजेपी नेता जुल्फिकार कुरैशी की हत्या

साथै उनका छोरालाई चक्कुले प्रहार गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उनका छोरालाई अस्पतालमा भर्ना गरिएको बताइएको छ । उनको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?