बार्सिलोनालाई अर्को धक्का, ओसमाने डेम्बेले पनि घाइते !

काठमाडौं । बार्सिलोनाका ओसमाने डेम्बेलेलाई चोट लागेको छ । शनिवार राति भएको एट्लेटिको म्याड्रिडसँगको खेलमा डेम्बेले काँधमा चोट बोकेका हुन् ।

यद्दपी डेम्बेलेको चोट गम्भिर नभएको मानिएको छ । तर, पनि मंगलवार डाइनोभो किएभसँगको च्याम्पियन्स लिगको खेल गुमाउने सम्भावना रहेको छ ।
त्यस्तै, टोलीका युवा फरवार्ड अन्सु फाती यसअघि नै घाइते भएका थिए ।

Barcelona granted permission to sign Ousmane Dembele replacement outside of  transfer window with former Arsenal and West Ham flop Perez on radar

शनिवार राति नै एन्जल कोरेरासँग ठोक्किदै घुडामा चोट बोकेपछि पिकेले खेलको ६२औं मिनेटमा मैदान छाडेका थिए । पिके कम्तीमा पनि ६ महिना मैदान बाहिर रहने क्लबले जनाएको छ ।

लगातार खेलाडी चोटग्रस्त भएपछि बार्सिलोनालाई आगामि खेलहरुमा समस्या हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?