आर्सनल बराबरीमा रोकियो !

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल बराबरीमा रोकिएको छ । आइतवार राथित भएको खेलमा आर्सनल लिड्स युनाईटेडसँग गोलरहित बराबरीमा रोकिएको हो ।

Image

खेलमा आर्सनल १० खेलाडीमा सिमित भएको थियो । खेलको ५२ औं मिनेटमा निकोलस पेपेले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो ।

बराबरीसँगै आर्सनलले १३ अंक जोड्दै तालिकाको ११ औं स्थानमा रहेको छ ।

लिड्स ११ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?