काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले सहज जित हात पारेको छ । आइतवार राति भएको खेलमा मिलानले नापोलीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको २० औं मिनेटमा इब्राहिमोविचले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ५४ औं मिनेटमा इब्राहिमोविचले दोस्रो गोल गर्दै मिलानलाई २-० को अग्रता दिलाए ।
खेलको ६३ औं मिनेटमा मेर्टेन्सले गोल गर्दै नापोलीलाई २-१ को स्थितिमा ल्याए तर खेलमा फर्कन भने सकेनन् ।
६५ औं मिनेटमा बाकायोकोले दुई पहेलो कार्डसहित रातो कार्ड पाउँदा नापोली १० खेलाडीमा समेटियो । इन्जुरी समयमा जेन्स पिटरले गोल गर्दै मिलानलाई ३-१ को जित दिलाए ।

जितसँगै मिलान शीर्ष स्थानमा फर्किएको छ । मिलानले ८ खेलमा २० अंक जोडेको छ ।
नापोली १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया