लिभरपुलको जितमा लेष्टर सिटी स्तब्ध 

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित हात पारेको छ । आइतवार राति भएको खेलमा लिभरपुलले लेष्टर सिटीलाई ३-० गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो ।
Image
एनफिल्डमा जोनी इभान्सको आत्मघाती गोलबाट २१ औं मिनेटमा लिभरपुलले अग्रता बनाएको थियो । खेलको ४१ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुलको अग्रता २-० को बनाए ।
त्यस्तै, खेलको ८६ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई ३-० को जित दिलाए ।
जितसँगै लिभरपुलले ९ खेलमा २० अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । लेष्टर १८ अंक जोड्दै  लिगको चौंथो स्थानमा रहेको छ ।
  •  एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?