काठमाडौं । गत वर्ष व्यक्तिगत रुपमा सबैभन्दा बढी कर तिर्नेमा विजयबहादुर शाह सम्मानित हुने भएका छन् ।
आन्तरिक राजश्व कार्यालयले गत वर्ष सबैभन्दा बढी कर तिर्ने १५ करदाताको सूची सार्वजनिक गर्दै शाहलाई सम्मान गर्न लागेको हो ।
शाहका जावलाखेल डिष्टिलरी, हिमालयन डिष्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिष्टिलरी लगायतका कम्पनी छ। ती कम्पनीले रुस्लान भोड्का, गोल्डेन ओक र वार्सटाइनर बियर उत्पादन भइरहेको छ। शाहलाई नेपालको लिकर किङको रूपमा समेत हेर्ने गरिएको छ ।
आइतवार आन्तरिक राजश्व विभागमा भएको नवौँ कर दिवस समापन कार्यक्रममा धेरै कर तिर्नेको नाम घोषणा गरिएको हो।
प्रत्येक वर्ष मंसिर १ गते कर दिवस मनाउने गरिएको छ। तर यो पटक तिहार र कोभिडका कारण औपचारिक कार्यक्रम भने भएको छैन् ।
कोभिड संक्रमण कम भएपछि औपचारिक कार्यक्रम गरेर धेरै कर तिर्नेलाई सम्मान गरिने विभागले जनाएको छ ।
गत वर्ष सबैभन्दा धेरै आयकर तिर्नेमा बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल परेको छ। यो कम्पनीले गत वर्ष ५ अर्ब ३१ करोड आयकर तिरेको थियो। यस्तै भ्याटतर्फ ३ अर्ब ८७ करोड कर तिरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया