खतरामा अमेरिकी सुरक्षा : ट्रम्पले दिएनन् बाइडेनलाई इन्टेलिजेन्स ब्रिफिङ

काठमाडौं । अमेरिकी राष्ट्रपतिय चुनावको नतिजा आएको दुई हप्ता भईसकेको छ । तर राष्ट्रपति डोनाल्ड ट्रम्प अझै हार स्विकार्न तयार छैनन् ।

जो बाइडेनले ३०६ इलेक्टोरल भोट पाएका छन् । ट्रम्पले सन् २०१६ मा पनि ३०६ इलेक्टोरल भोट नै पाएका थिए ।

ट्रम्पले हार नस्विकार्दा अमेरिकी सुरक्षा खतरामा पर्न सक्ने विज्ञहरुले अनुमान लगाउन थालेका छन् । बाइडेनलाई हालसम्म इन्टेलिजेन्स ब्रिफिङ दिइएको छैन ।

ट्रम्प अझै पनि आफ्नै जितको दाबी गरिरहेका छन् । सीएनएनको एक रिपोर्टका अनुसार उनले सत्ता हस्तान्तरण नगरेर केहि नियम तोडिसकेका छन् ।

जित पछि नै सत्ता हस्तान्तरणको काम गर्नुपर्नेमा हालसम्म कुनै छाँटकाँट नै नदेखिएको रिपोर्टमा बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?