राखेपका पूर्व कोषाध्यक्ष होम बहादुर थापाको मृत्यु

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व कोषाध्यक्ष होम बहादुर थापाको मृत्यु भएको छ । नेपाल मेडिकल कलेज जोरपाटीमा सोमवार ५८ वर्षको उमेरमा थापाको मृत्यु भएको हो ।

बिस २०५३-५४ सालमा राखेपका कोषाध्यक्ष रहेका थापाको आठौं साग खेलकुद नेपालमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका रहेको थियो ।

ओखलढुंगा गामनाङ्गटारमा जन्मिएका थापाको एक श्रीमती र दुई छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?