वेर्डेर ब्रेमेनसँग बायर्नको बराबरी

काठमाडौं । जर्मन बुन्डेसलिगा अन्तरगतको खेलमा बायर्न म्युनिख बराबरीमा रोकिएको छ । शनिवार राति भएको खेलमा बायर्न म्युनिख घरेलु मैदानमा वेर्डेर ब्रेमेनसँग बराबरी रोकिएको हो ।

बायर्न वेर्डेर ब्रेमेनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

Bayern Munich 1-1 Werder Bremen: Initial reactions and observations -  Bavarian Football Works

पहिलो हाफको इन्ज्युरी समयमा म्याक्सिमिलियन एगेस्टिनको गोलबाट वेर्डेर ब्रेमेनले अग्रता लिएको थियो । खेलको ६२ औं मिनेटमा बायर्नका कोमानले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।

 

बराबरीसँगै बायर्न ८ खेलबाट १९ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्ड र बायर लिभरकुसनको समान १८ अंक छ । ब्रेमेन ११ अंकसहित नवौं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?