काठमाडौं । इर्लिङ हालाण्डले चार गोलमा डर्टमण्डले बुन्डेसलिगामा शानदार जित हात पारेको छ । शनिवार भएको खेलमा डर्टमण्डले घरेलु टोली हेर्था बर्लिनलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।
![]()
हालाण्डले १५ मिनेटको अन्तरमा ह्याट्रिक गर्दै डर्टमण्डलाई सहज अवस्थामा पुर्याएका थिए । डर्टमण्डले जितसँगै शीर्ष स्थानको बायर्न म्युनिखसँग अंक दुरी घटाएको छ ।
राफेल गुएरेइरोले डर्टमण्डका लागि एक गोल थपेका थिए ।
ब्राजिली विङ्गर म्याथुस कुन्हाले हर्थाका लागि दुवै हाफमा एक एक गोल गरेका थिए ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया