काठमाडौं । प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले जित हात पारेको छ । शनिवार राति युनाईटेडले वेस्ट ब्रुममाथि १-० को कठिन जित निकालेको हो ।

युनाईटेडको जितमा ब्रुनो फर्नान्डेजले खेलको ५६ औं मिनेटमा पेनाल्टीमा गोल गरे । जित सहित युनाईटेडले सिजनमा पहिलो पटक शीर्ष १० भित्र उक्लिन सफल भएको छ ।
युनाईटेडले ८ खेलबाट १३ अंक बटुलेको छ । वेस्ट ब्रुम सिजनमा कुने जित हात पारेको छैन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया