जितसँगै टोटेनहम प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौं । प्रिमियर लिग फुटबल अन्तर्गत भएको खेलमा टोटेनहम सहज जित हात पारेको छ । शनिवार राति म्यान्चेष्टर सिटीमाथि २-० को जित हात पार्दै टोटेनहम प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

Tottenham player ratings vs Man City: Toby Alderweireld a warrior; Harry  Kane excels as Spurs' creator again | Evening Standard

खेलको पाँचौ मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६५ औं मिनेटमा जियोवानी लो सेलोले घरेलु टोलीका लागि दोस्रो गोल गरेका थिए ।

Tottenham Hotspur vs. Manchester City 2020: Premier League match time, TV  channels, how to watch - Cartilage Free Captain

टोटेनहमले प्रिमियर लिगमा चेल्सी र लेस्टर सिटीसँग २ अंकको अग्रता लिएको छ । शीर्ष स्थानको टोटेनहमले २० अंक जोडेको छ । सिटी तालिकाको १० औं स्थानमा छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?