ला लिगा फुटबल : बार्सिलोनाको तेस्रो हार

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ । शनिवार राति घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले बार्सिलोनालाई १-० ले पराजित गरेको हो । एट्लेटिकोको जितमा पहिलो हाफको इन्जुरी समयमा इानिक कारास्कोले विजयी गोल गरेका थिए ।

Atlético Madrid vs Barcelona, La Liga: Final Score 1-0, Awful Barça lose  bad game on the road - Barca Blaugranes

जितसँगै एट्लेटिको शीर्ष स्थानको रियल सोसिडाडसंग अंक बराबरी गरेको छ । शीर्ष क्लब सोसिडाड र एट्लेटिकोको समान २० अंक छ । बार्सिलोना ११ अंक सहित तालिकाको दशौं स्थानमा छ ।

ला लिगाका ८ खेलमा बार्सिलोनाले तेस्रो हार व्यहोरेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?