रोनाल्डोको गोलमा युभेन्टसको अपराजित यात्रा कायमै

काठमाडौं । ‘सिरि ए’ फुटबलमा युभेन्टसले सहज जित हात पारेको छ । शनिवार राति भएको खेलमा युभेन्टसले काग्लियारीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा दुवै गोल रोनाल्डोले गरे । खेलको ३८ औं मिनेटमा रोनाल्डोले युभेन्टसलाई अग्रता दिलाए । त्यस्तै, खेलको ४२ औं मिनेटमा रोनाल्डोले दोस्रो गोल थपेका थिए ।

Brace Cristiano Ronaldo Bawa Bianconerri Tempel Ketat Milan di Klasemen, Juventus  vs Cagliari 2-0 - Sepasi Media

जितसँगै युभेन्टस तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रोनाल्डोले मिलानका ज्लाटन इब्राहिमोविचको यस सिजनको सर्वाधिक ८ गोलको संख्यालाई समेत बराबरी गरेका छन् ।

युभेन्टस यस सिजन ‘सिरि ए’मा अपराजित छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?